अरुणिमा लम्सालले गरिन् काँग्रेस नेतासँग दोश्रो विवाह

945 shares

काठमाडौँ । अभिनेत्री अरुणिमा लम्साल वैवाहिक जीवनमा बाँधिएकी छिन् । सोमाबार उनि विवाह बन्धनमा बाँधिएकी हुन् । उनले धरानका युवराज श्रेष्ठसँग काठमाडौंको बत्तिसपुतलीस्थित राम मन्दिरमा विवाह गरेकी हुन् ।

वैवाहिक कार्यक्रममा उनीहरुले परिवार र आफन्तहरूको मात्र उपस्थितिमा बिहे गरेका हुन् । चार दिनअगाडि उनीहरुले सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज गरेका थिए।

अरुणिमाले केही वर्षअगाडि पूर्व श्रीमान् अमित अर्यालसँग अमेरिकामा डिभोर्स गरेकी थिइन् । डिभोर्स पछि उनले सोमबार दोश्रो विवाह गरेकी हुन् ।

अरुणिमा एक समयकी चर्चित नायिका हुन् । उनले नेपाली चलचित्रमा ‘धड्कन, दाग, इज्जतदार, अभिमन्यु, भरोसा, बुबा आमा’ जस्ता हिट फिल्ममा काम गरेकी छिन् ।

945 shares