‘सतीदेवी’लाई प्रिमियर कस्तो मिल्यो प्रतिक्रिया ?

वि.सं.२०८१ भदौ ५ बुधवार ०५:४३

काठमाडौँ । भदौ ७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सतीदेवी’को प्रिमियर सम्पन्न भएको छ । बुधबार काठमाडौँमा फिल्ममा भव्य प्रिमियर सम्पन्न भएको हो ।
लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा बनेको चलचित्रको प्रिमियरमा कलाकार, चलचित्रकर्मी र मिडियाकर्मीको बाक्लै उपस्थिति रहेको थियो । छोराको चाहनामा छोरीहरुमाथि हुने गरेको विभेदको कथामा फिल्म बनेको छ ।
प्रिमियरमा गौरी मल्ल, पूजा शर्मा, मिरुना मगर, निर्मात्री पूनम गौतम, निर्देशक ज्ञानेन्द्र देउजा, दिवाकर भट्टराई, शोभित बस्नेत, नायकहरू सलिनमान बनियाँ, कुन्साङ बोमजोम, सलोन बस्नेत लगायतका चलचित्रकर्मीहरु पुगेको थिए । अधिकांशले फिल्मको कथाबस्तु बलियो रहेको र भावुक बनाएको प्रतिक्रिया दिएका थिए ।
फिल्ममा मलिका महतको मुख्य भूमिका रहेको छ । मलिकाको साथमा फिल्ममा सन्दिप बाबु लोहनी, हर्षिका वली, मन्जिला बानियाँ, रमेश वुढाथोकी, कुल बहादुर अधिकारी, भोलाराज सापकोटा, श्रृजना अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

वि.सं.२०८१ भदौ ५ बुधवार ०५:४३