अभिनेता विपिन कार्कीलाई मातृशोक

1K shares

काठमाडौँ । अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । बिहीबार बिहान पाटन अस्पतालमा उपचारको क्रममा उनको आमा सरस्वती कार्कीको ७२ वर्षको उमेरमा निधन भएको हो ।

विभिन्न दीर्घरोगबाट पीडित सरस्वतीको ४ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । पछिल्लो समय फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या देखिने भएको थियो । विपिनकी आमा मोरङमा बस्दै आएकी थिइन् विरामी भएपछि उनलाई उपचारका लागि काठमाडौँ ल्याइएको थियो ।

1K shares