‘सानो संसार’ एक साता अगाडि आयो

वि.सं.२०८१ भदौ ९ आइतवार ०६:१९

काठमाडौँ । अर्जुन कुमारको चलचित्र ‘सानो संसार’को प्रदर्शन मिति प्रिपोण्ड भएको छ । यसअगाडि फिल्म असोज १७ गते घटस्थापनाबाट प्रदर्शनमा आउने भनिएकोमा अब एक साता अगाडि नै प्रदर्शनमा आउने भएको छ ।
आइतबार फिल्मका निर्माता अर्जुन कुमारले रिलिज मिति अगाडि सारेको जानकारी दिएका हुन् । सामाजिक संजाल फेसबुकमा उनले यस्तो लेखेका छन् –
“नमस्कार
आदरणीय दर्शकवृंद मीडिया कर्मी साथी हरु तथा हल संचालक अनी हाम्रो शुभचिंतक साथी हरु हाम्रो फ़िल्म सानो संसार अब एक हप्ता अगाड़ी असोज ११ गते सेप्टेम्बर २७ को दिन रिलीज़ हुने जानकारी दिन चाहंछौ आगामी दिन मा यहाँ हरु सबयी को सहयोग अनी साथ को अपेक्षा सहित असोज ११ गते भेटने बाचा गर्दछौ ।”
सिद्धार्थ पुडासैनीको निर्देशनमा बनेको फिल्ममा सीतादेवी तिमल्सिना, राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर सिवाकोटी लगायतका कलाकारको अभिनय रहने छ ।

वि.सं.२०८१ भदौ ९ आइतवार ०६:१९