एकै दिनमा सवैभन्दा धेरै हेरिने गीत बन्यो बिष्णु माझिको ‘आइनँ आमा यो तीजमा’

वि.सं.२०८१ भदौ ९ आइतवार ०७:१६
1.04K
shares

काठमाडौँ । गायिका विष्णु माझिको दर्शकमाझ छुट्टै क्रेज छ । उनको पछिल्लो केहि समययता वर्षमा त्यो पनि तीजको अवसरमा मात्रै गीत सार्वजनिक हुँदै आइरहेका छन् । उनको गीत सार्वजनिक हुँद एउटा पर्व जस्तै हुने गर्छ ।
यो वर्षको तीजमा उनको ‘आइनँ आमा यो तीजमा’ गीत सार्वजनिक भयो । गीतले एकै दिनमा सर्वाधिक हेरिने गीतको रेकर्ड बनाएको छ। उनको गीतलाई २४ घण्टामा १४ लाख ५२ हजार भन्दा धेरै पटक हेरिएको छ ।
हाल गीतको चर्चा सबैतिर छाएको छ । गीत ‘पुतलीको भट्टी’ भाग २० को रूपमा सार्वजनिक भएको हो । गीतमा उनकै श्रीमान् सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको छ । गीतलाई सुन्दरमणिले नै निर्देशन गरेका हुन् । भिडियोमा मौसम हिमालीको कोरियोग्राफी रहेको छ भने ललिता पौडेल फिचर्ड छिन् ।

वि.सं.२०८१ भदौ ९ आइतवार ०७:१६
1.04K
shares