स्वस्तिमा र प्रकाशको ‘वसन्त’को छायांकन सुरु

616 shares

काठमाडौँ । प्रकाश सपुतको डेब्यु निर्देशनमा बन्न लागेको चलचित्र ‘वसन्त’को छायांकन सुरु भएको छ । बागलुङको कालिका मन्दिरबाट शुभमूहुर्त गर्दै फिल्मको छायांकन सुरु गरिएको हो ।

मुहूर्तमा प्रकाश, स्वस्तिमा, अनुप बराल लगायतका कलाकारले क्यामेरा, स्क्रिप्ट र क्ल्याप बोर्ड पुजा गरेका थिए । २५ दिनको सेड्युल रहेको फिल्म प्रकाशको जन्मथलो धम्जा गाउँ र बागलुङका बिभिन्न स्था न त्यसपछि काठमाडौँ र तराइमा छायांकन हुनेछ ।

गायक हुदैँ चर्चामा शिखरमा पुगेका प्रकाश परदेशी २ बाट अभिनेता बनेका थिए । अब उनको परिचय निर्देशकको रुपमा पनि थपिएको छ । फिल्मको निर्देशनको साथै कथा र संगीत पनि उनकै रहेको छ ।

सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा प्रकाश र स्वस्तिमाको साथमा अनुप बराल, कमलमणी नेपाल,प्रकाश घिमिरे, प्रभात पाल ठकुरी, खड्कबहादुर पुन र शिवांशी श्री लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मलाई गलबन्दी प्रोडक्सनको प्रस्तुतिमा तयार गरिनेछ । फिल्मको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली छन् ।

अन्तरजातीय प्रेमकथामा बन्ने फिल्म चैत्र २२ गतेबाट प्रदर्शनमा आउनेछ ।

616 shares