‘१२ गाउँ’को नयाँ पोस्टर रिलिज
वि.सं.२०८१ भदौ २७ बिहीवार ०२:३४

काठमाडौँ । विराज भट्टको निर्देशनमा बनेको चलचित्र ‘१२ गाउँ’को नयाँ पोष्टर सार्वजनिक भएको छ । बुधबार फिल्मका मुख्य कलाकारलाई स्थान दिँदै पोस्टर सार्वजनिक गरिएको हो ।
सार्वजनिक पोष्टरमा फिल्मका कलाकार विराजभट्ट। समीर भट्ट, न्यान्सी खड्का, सनिशा भट्टराई, सोनु चन्द्रपाल, सुलेमान शंकर (इकु), नरेन खड्का लगायतलाई स्थान दिइएको छ ।
एक्सन रोमान्टिक जनरामा निर्माण भएको फिल्म फूलपातिको अवसरमा असोज २४ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मको कथा विराजले नै लेखेका हुन् भने पटकथा तथा संवाद सन्तोष सरकार लेखेका छन् ।
फिल्मलार्य विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतीमा निर्माण गरिएको छ । फिल्ममा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
फिल्ममा मुरलीधर, कनिज कोइराला, दीया मास्के, कृष्ण भट्ट, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।
फिल्म ‘ज्वाइँ साब’ र ‘छक्का पन्जा ५’ सँग भिडन्त हुँदैछ ।
वि.सं.२०८१ भदौ २७ बिहीवार ०२:३४











