‘१२ गाउँ’को एक हप्ताको कलेक्सन १० करोड माथि

2.18K shares

काठमाडौँ । दशैँको अवसरमा प्रदर्शनमा आएको चलचित्र ‘१२ गाउँ’ले बक्सअफिसमा नसोचेको सफलता हासिल गरिरहेको छ । फिल्मले बक्सअफिसमा पनि राम्रो कलेक्सन गरिरहेको छ ।

निर्माण टिमका अनुसार फिल्मले एक सातामा १० करोड ५ लाख रुपैँया ग्रस कलेक्सन गरेको जनाइएको छ । पछिल्ला दिनहरुमा फिल्मको शो मा पनि थप भइरहेको छ । दर्शकको राम्रो अकुपेन्सि हुँदा हलहरुले फिल्मको शो बढाएका छन् ।

बिराज भट्टको निर्देशनमा बनेको फिल्ममा बिराजको साथमा समिर भट्ट न्यान्सी खड्का, मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी लगायतका कलाकारको अभिनय रहेको छ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

2.18K shares