‘छक्का पन्जा ५’ को कलेक्सन १५ करोड माथि

742 shares

काठमाडौँ । दसैँको अवसरमा प्रदर्शनमा आएको चलचित्र ‘छक्कापञ्जा ५’ ले बक्सअफिसमा दमदार कलेक्सन गरिरहेको छ । फिल्म हेर्न दर्शकको उच्च चाप रहँदा फिल्मको कलेक्सनमा पनि त्यसको असर देखिएको छ ।

फिल्मले हालसम्म १५ करोड ४० लाख ग्रस कलेक्सन गरेको दावि गरिएको छ । हाल फिल्मले पाएका अधिकांश शो हरु हाउसफुल देखिएका छन् । हलमा फिल्मको दबदबा देखिँदा विदेशमा पनि फिल्मले राम्रो व्यापार गरेको बताइएको छ । फिल्मले विदेशमा पनि दर्शकको राम्रो साथ पाइरहेको छ ।

दीपाश्री निरौलाले निर्देशन गरेको फिल्म ‘छक्कापञ्जा ५’मा दिपकराज गिरी, केदार घिमिरे ‘माग्ने बुढा’, वर्षा सिवाकोटीलगायतको मुख्य भूमिका छ ।

742 shares