फिल्मबाटै १ अर्ब कमाए दीपक-दीपाले

770 shares

काठमाडौँ । अभिनेता दीपकराज गिरी र दीपाश्री निरौला सफल फिल्म मेकर हुन् । उनिहरुले निर्माण गरेको प्रत्येक फिल्मले बक्सअफिसमा दमदार कलेक्सन गर्नुको साथै दर्शकको अत्याधिक माया पनि पाइरहेका छन् ।

हाल उनिहरुले निर्माण गरेको ‘छक्का पन्जा ५’ हलमा प्रदर्शनरत छ । फिल्मले बक्सअफिसमा सुनामी नै ल्याएको छ । उनिहरुले आमा सरस्वति मुभिजको ब्यानरमा फिल्म निर्माण गर्ने गरेका छन् । हालसम्म उनिहरुको ब्यानरले ८ ओटा फिल्म निर्माण गरेको छ । उक्त ब्यानर नेपालमै १ अर्ब रुपैँयाको कलेक्सन गर्ने कम्पनी बनेको छ ।

हाल प्रदर्शनरत ‘छक्का पन्जा ५’ ले १५ करोड रुपैँयाको ग्रस कलेक्सन गरेको छ । यो रकम जोड्दा उनिहरुको ब्यानरले १ अर्ब १२ करोड रुपैँयाको कलेक्सन गरेको छ ।

‘छक्कापञ्जा’को पहिलो भागले १६ करोड, दोस्रो श्रृंखलाले १४ करोड, तेस्रो भागले २० करोड, चौंथो भागले १९ करोड, ‘छ माया छपक्कै’ले १४ करोड, ‘६ एकान ६’ले ७ करोड, ‘वडा नम्बर ६’ले ७ करोड कमाइ गरेको आमा सरस्वती मूभिजले जनाएको छ ।

770 shares