‘केटी हराएको सूचना’को रोचक टिजर, सृष्टिको बन्धकमा नाजिर
वि.सं.२०८१ कात्तिक ५ सोमवार ०९:१४

काठमाडौँ । कार्तिक ३० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘केटी हराएको सूचना’को दोश्रो टिजर सार्वजनिक भएको छ । सोमबार फिल्मको एक मिनेट लामो टिजर सार्वजनिक गरिएको हो ।
संवादविहीन टिजरले प्रेम, द्वन्द र रहस्यलाई प्रस्तुत गरेको छ । रोचक टिजरमा यो पटक नाजिर हुसेन श्रृष्टि श्रेष्ठको बन्धक बनेका छन् । यसअगाडिको टिजरमा सृष्टि बन्धक बनेकी थिइन् । फरक खालको टिजरले दर्शकलाई टिज गर्ने देखिन्छ ।
३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनले फिल्मको निर्देशन गरेका हुन् । दीपेन्द्रकै निर्माण रहेको फिल्ममा उनी स्वयंकै स्क्रिप्ट लेखन छ । यसमा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल लगायतको अभिनय छ ।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता तथा अमितेष शाह सहायक निर्मातामा छन् । फिल्ममा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा राजीव कर्णको कोरियोग्राफी रहेको छ ।
वि.सं.२०८१ कात्तिक ५ सोमवार ०९:१४








