दयाहाङको ‘राजागञ्ज’ चैत्र १ गतेबाट प्रदर्शन हुने

वि.सं.२०८१ कात्तिक ६ मंगलवार १०:०६

काठमाडौँ । विश्वका विभिन्न प्रतिष्ठित फिल्म फेस्टिभलमा चर्चा कमाएको फिल्म ‘राजागञ्ज’को नेपाल प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्म आगामी चैत्र १ गतेबाट प्रदर्शनमा आउनेछ ।
फिल्म विश्वका प्रतिष्ठित भेनिस, बुसान, ह्याम्बर्ग, मुम्बई फिल्म फेस्टिभलमा चर्चा पाएको थियो । यसै साता मुम्बई फिल्म फेस्टिभलमा फिल्मको स्क्रिनिङ भएको थियो ।
फेस्टिभलमा फिल्म ‘पूजा सर’को नामबाट स्क्रिनिङ भएको थियो । नेपालमा भने ‘राजागञ्ज’ नाममा प्रदर्शन हुने भएको हो । फिल्मको निर्मातामा दयाहाङ राई, रामबाबु गुरुङ लगायत छन् भने कार्यकारी निर्माताको रुपमा बलिउडका प्रसिद्ध निर्देशक तथा कलाकार अनुराग कश्यप जोडिएका छन् ।
दीपक रौनियारले निर्देशन गरेको फिल्ममा दयाहाङ राई, आशा मगराती, विजय बराल, नीकिता चाण्डक, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, पुष्पा यादव लगायतका कलाकारको अभिनय रहेको छ । निर्देशक रौनियारको अघिल्ला दुई फिल्म ‘हाइवे’ र ‘ह्वाइट सन’ समीक्षात्मक रुपमा अब्बल ठहरिएका थिए ।

वि.सं.२०८१ कात्तिक ६ मंगलवार १०:०६