सुनको मूल्य बढ्यो, तोलाको कति ?
वि.सं.२०८१ मंसिर २० बिहीवार ०५:४१
560
shares
काठमाडौँ । नेपाली बजारमा सुनको भाउ बढेको छ । बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैँयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा सुनको मुल्य प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँ कायम भएको छ । बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, बजारमा चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको छ । बजारमा चाँदी प्रतितोला १८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०८१ मंसिर २० बिहीवार ०५:४१
560
shares