नाजिर र सृष्टिको ‘केटी हराएको सूचना’ माघ ११ मा आउने

973 shares

काठमाडौँ । चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को नयाँ प्रदर्शन मिति तोकिएको छ । यसअगाडि कार्तिक ३० गतेबाट प्रदर्शनमा आउने भनिएपनि फिल्म स्थगित गरिएको थियो । अब फिल्म माघ ११ गतेबाट प्रदर्शनमा आउने भएको हो । छ ।

दीपेन्द्र गौचनको निर्देशनमा बनेको फिल्ममा उनकै लेखन रहेको छ । फिल्ममा नाजिर हुसेन, सृष्टि श्रेष्ठ, सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्ण लगायतका कलाकारको अभिनय रहेको छ ।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।

फिल्ममा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत छ । म्युजिक नेपाल डिजिटल पार्टनर रहेको फिल्म एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।

973 shares