रोज राणाले ‘खलनायक–२’ बनाउने, चन्द्र पन्तले निर्देशन गर्ने
वि.सं.२०८१ मंसिर २३ आइतवार ०३:४१
560
shares
काठमाडौँ । चर्चित फिल्म ‘खलनायक’को दोश्रो पार्ट बन्ने भएको छ । निर्माता रोज राणाले फिल्मको दोश्रो श्रृंखला निर्माण गर्ने घोषणा गरेका हुन् ।
राणाले माघदेखि छायांकन सुरू गर्ने तयारी गर्दै शुक्रबारमात्रै विकास बोर्डमा फिल्म दर्ता गरेका छन्। फिल्ममा मौनता श्रेष्ठको कथा रहनेछ । फिल्मलाई चन्द्र पन्तले निर्देशन गर्नेन् ।
एक्सन र लभस्टोरी जनरामा बन्ने फिल्ममा नयाँ कलाकारले काम गर्ने सम्भावना रहेको बताइएको छ । फिल्मको पहिलो पार्टमा राजेश हमाल, विराज भट्ट, निखिल उप्रेति लगायका कलाकारले अभिनय गरेका थिए । सम्भव भएसम्म पुराना कलाकार दोहोर्याउने निर्माण टिमको तयारी रहेको छ ।
वि.सं.२०८१ मंसिर २३ आइतवार ०३:४१
560
shares