बक्सअफिसमा ‘पुष्पा २’ को सुनामी, तीन दिनमा २ सय करोड कलेक्सन

539 shares

काठमाडौँ । बिहीबारबाट प्रदर्शनमा आएको दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ ले बक्सअफिसमा सुनामी नै ल्याएको छ । यतिबेला हलहरुमा फिल्मको टिकटको हाहाकार नै देखिएको छ ।

पहिलो पार्टले नै दमदार सफलता प्राप्त गरेपछि दोश्रो पार्टको व्यग्र प्रतिक्षा गरिएको थियो । यस्तोमा दोश्रो पार्टले तहल्का नै मच्चाएको छ । रेकर्ड ब्रेक ओपनिङ गरेको फिल्मले तीन दिनमै २ सय करोडको आँकडा पार गरेको छ ।

फिल्मले तीन दिनमा २०५ करोड भारुको कलेक्सन गरेको छ । फिल्मले ७२ करोडको कीर्तिमानी ओपनिङ गरेको थियो । यस्तै, शुक्रबार ५९ करोड र शनिबार ७४ करोड जोडेको ट्रेड एनालिस्ट तरण आदर्शले जनाएका छन् ।

फिल्मले तीन दिनमा सर्वाधिक कलेक्सन गर्ने र दुई दिनमा ७० करोड माथिको कलेक्सन गर्ने रेकर्ड बनाएको छ । फिल्मको रफ्तार हेर्दा अझै धेरै रेकर्डहरु ब्रेक हुने अनुमान गरिएको छ । फिल्मले तीन दिनमा विश्वभरबाट ५८८ करोडको नेट कलेक्सन गरेको छ ।

सुकुमारले लेखन तथा निर्देशनमा तयार भएको ‘पुष्पा २’मा अल्लू अर्जुन, रश्मिका मन्दाना, फहद फासिल, सुनिल वर्मा लगायतको अभिनय छ ।

539 shares