दशैँमा सरोज न्यौपानेको ‘फनफनी घुमेर’ पनि थपियो

546 shares

काठमाडौँ । आगामी वर्षको दशैँमा फिल्मको बाढी नै आउने देखिएको छ । फिल्म मेकरहरुले दशैँको डेट अहिलेदेखिनै बुक गरिरहेका छन् । हालसम्म दशैँको मिति तोक्ने फिल्महरु आधा दर्जन पुगिसकेका छन् ।

यस्तोमा निर्माता सरोज न्यौपानेले पनि दशैँकै मिति तोकेर फिल्म घोषणा गरेका छन् । फिल्मको नाम हो, ‘फनफनी घुमेर’ । हाल उनको ‘जेरी अन टप’ छायाँकन भइरहेको छ । फिल्म फागुनमा प्रदर्शन हुने भनिएपनि जेठमा सरेको छ । उनले यसअगाडि ‘ग्याङस्टर ब्लूज’ निर्माण गरेका थिए ।

सोमबार एक पोष्टर जारी गर्दै फनफनी घुमेरको निर्माण घोषणा गरिएको हो । हालसम्म फिल्मको कलाकार र निर्देशकको नाम सार्वजनिक गरिएको छैन । हाल फिल्मको स्क्रिप्ट लेखनको काम भइरहेको छ ।

अनन्या फिल्म्सको प्रस्तुति रहने फिल्मको निर्मातामा भविष्य खडका पनि जोडिएका छन् ।

546 shares