‘वसन्त’को पोस्टर सार्वजनिक गर्दै प्रकाशले भने, “फिल्म बबाल लाग्यो भने म बबाल हुँ”

504 shares

काठमाडौँ । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशन रहेको चलचित्र ‘वसन्त’को पोस्टर सार्वजनिक भएको छ । आइतबार सपुतले सामाजिक संजालमार्फत पोस्टर सार्वजनिक गरेका हुन् ।

सार्वजनिक पोस्टरमा सपूत एक्लै फिचर्ड छन् । पोस्टरमा लक्ष्मीप्रसाद देवकोटा र पारिजात तस्बिर भित्तामा छ । उनि सामुन्ने उभिएर अध्ययनमा व्यस्त देखिन्छन ।

पोस्टर सार्वजनिक गर्दै सपुतले लेखेका छन्, “मैले “बसन्त” मा म भित्रका सबै रंगहरु पोखेको छु । यदि बसन्त तपाईलाई बबाल लाग्यो भने, म बबाल हु । यदि लागेन भने पनि मेरो प्रतिभाको दायरा यत्ति नै हो । मेरो सिमितता यहि सम्म हो । मैले यहा भन्दा थप केहि जान्दिन । यसो भनौ, म यो जन्मका लागी जम्मा जम्मि यत्तिनै हु । बसन्त जत्ति ।

अब बाकि कर्महरु यसकै निरन्तरता हुनेछन । लेखन, सिर्जना, गायन, अभिनय, निर्देशन, निर्माण, जिवनमा अगाडि जुन कर्म गरे पनि त्यो बसन्तकै एउटा रंग हुनेछ । किनकि यो जन्मका लागी म जम्मा जम्मि यत्तिनै हु । बसन्त जत्ति ।

अनि सुन्नुस न , हुनत बल्ल शिशिर रितु शुरु हुदैछ तर हामीलाई बसन्त लागिसक्यो । अर्को हप्ता देखि एक–एक थुंगा लालिगुराँस तपाईलाई सप्रेम उपहार पठाउदैछौ । चैत्र २२ को निम्तो सम्झेर स्विकार्दै जानु होला है”

सपुतकै लेखन र संगीत रहेको फिल्ममा स्वस्तिमा खड्का, खड्गबहादुर पुन, प्रभात पाल, श्री शिभांसी, उर्मिला लाम्गादे लगायतका कलाकारको अभिनय रहेको छ । गलबन्दी प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा मोहन विश्वकर्मा र बिन्दु बोहरा छन् । कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्रनारायण श्रेष्ठ छन् ।

504 shares