‘ताण्डवम्’ सेन्सर पास, कुन कुन दृश्य काटियो ?

1.6K shares

काठमाडौँ । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘ताण्डवम्’ को सेन्सर रोकिएको थियो । फिल्मममा अत्याधिक हिंसात्मक दृश्य भएको भन्दै सेन्सर पास भएको थिएन ।

फिल्मको कृहि दृश्यहरु सम्पादन गरिएपछि सेन्सर पास भएको छ । चलचित्र जाँच पास समितिले फिल्मलाई पिजी सर्टिफिकेट दिएको छ ।

निर्माण पक्षले फिल्मको करिब १० मिनेट लामो दृश्य काँटछाँट गरेको छ । अब, १६ वर्ष भन्दा मुनीका बालबालिकाले अभिभावकको साथमा फिल्म हेर्न सक्नेछन् ।

जुनिम गहतराजको निर्देशनमा बनेको फिल्ममा जुनिम गहतराज, सरिना मगर र अंकित खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

1.6K shares