१० वर्षपछि माग्ने र तक्मे बुढा एकसाथ फिल्ममा आउँदै

455 shares

काठमाडौँ । कलाकार केदार घिमिरे र विल्सन विक्रम राईले एकसाथ काम गर्ने भएका छन् । दुवैले लामो समयपछि ‘माग्ने राजा’मा एकसाथ काम गर्न लागेका हुन् ।

१० वर्ष अगाडि उनिहरुले एकसाथ ‘राम कहानी’मा काम गरेका थिए । केदार र विल्सनले सुरुवातमा ‘मेरी बास्सै’मा एकसाथ काम गरेका थिए । उनिहरुले गरेको ‘माग्ने बुढा’ र ‘तक्मे बुढा’को रोल एकदमै चर्चित छन् ।

ऋषि लामिछानेको निर्देशनमा बन्न लागेको यो फिल्ममा वर्षा सिवाकोटी, शिशिर वाङ्देल, शारदा गिरी, पुस्कर गुरुङ लगायतका कलाकारहरुको अभिनय रहने पक्का भएको छ ।

455 shares