मरिसकेको राजतन्त्रको पछाडि नदौडन एमाले महासचिव पोखरेलको आग्रह

वि.सं.२०८१ फागुन २३ शुक्रवार ०७:३४

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मरिसकेको राजतन्त्रको पछाडि नदौडन आग्रह गरेका छन् । जनआन्दोलनबाट फ्यालिएको राजतन्त्र अब नेपालमा फर्कने कुनै सम्भावना नरहेको पोखरेलले स्पष्ट पारे ।
सामाजिक सञ्जाल फेसबुक मार्फत पोखरेलले राजतन्त्रको पछि दौडिएर समय खेर नफाल्न पनि आह्वान गरेका छन् । ‘जनआन्दोलनबाट फ्यालिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान् समयलाई खेर नफालौँ’, उनले लेखेका छन् ।
पोखरेलले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने पनि स्पष्ट पारे । गुनासा र असन्तुष्टि जति भए पनि यही व्यवस्थालाई बलियो बनाएर अघि बढ्नुको विकल्प नभएको पोखरेलले उल्लेख गरे । ‘गुनासा र असन्तुष्टि आफ्नो ठाउँमा होलान्, तर गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन, अढाइसय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो’, पोखरेलले लेखेका छन् ।

वि.सं.२०८१ फागुन २३ शुक्रवार ०७:३४