‘बलिदान’मा कविता रायको लुक्स यस्तो
वि.सं.२०८१ फागुन २४ शनिवार ०९:३०
1.81K
shares

काठमाडौँ । बहुप्रतिक्षित चलचित्र बलिदानको मुख्य नायिका कविता रायको लुक्स सार्वजनिक भएको छ । निर्माण पक्षले कविताको एक्सन अवतारमा रहेको लुक्स सार्वजनिक गरेको हो ।
निर्माण टिमले यसअगाडि समीर भट्टको लुक्स सार्वजनिक गरेको थियो । पोस्टर सार्वजनिक गर्दै निर्देशक सन्तोष सेनले लेखेका छन् –
‘राज्यको मूलधारबाट किनारिएका वर्ग ‘भिल्ला’को बसोबास रहेको ‘भिल्लमगढ’मा महिलामाथि हुने सामाजिक उत्पीडन र तिनका कमजोरीको फाइदा उठाएर कुटिल नेताबाट ‘युज एन्ड थ्रो’ गरिने कथालाई आधार बनाएर निर्माण भइरहेको फिल्म बलिदानका लागि हामीलाई यस्तै परिवेशबाट आएको प्रतिनिधि पात्र ‘किरण’को चरित्रलाई सशक्त रुपमा जीवन्त बनाउने अभिनेत्रीको आवश्यकता थियो ।’
वि.सं.२०८१ फागुन २४ शनिवार ०९:३०
1.81K
shares








