‘कर्मा’को टिजर : विपिनको एक्सन अवतार

1.64K shares

काठमाडौँ । सौरभ चौधरीको निर्देशनमा बनेको चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै फिल्मको २ मिनेट लामो टिजर सार्वजनिक गरिएको हो ।

सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार विपिन कार्की हावी देखिन्छन् । उनको एक्सन अवतार टिजरमा देख्न सकिन्छ । केहि दृश्यमा विपिन भावुक देखिन्छन् । विशेष गरि आमाको लागि उनको माया दर्शाइएको छ ।

एक्सन फिल्म भएको बाइक चेजिङ सिन र व्याकग्राउण्ड म्युजिकले दर्शकको ध्यान खिच्न सक्छ । यसअगाडि निर्देशक चौधरीले ‘अगस्त्य च्याप्टर १’ निर्देशन गरेका थिए । अग्स्त्यको एक्सनको चौतर्फि तारिफ भएको थियो ।

फिल्ममा विपिनको साथमा उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्य देव पन्त, सरिता गिरी, बेन बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ ।

वसन्त लम्सालको लगानी रहेको फिल्ममा निर्देशक चौधरी स्वयंको कथा छ । आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई सौरभ लामाले खिचेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द निर्देशन रहेको छ ।

फिल्म आगामी चैत्र २९ गतेबाट प्रदर्शनमा आउनेछ ।

 

1.64K shares