‘पिताम्बर’को ट्रेलर : युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा
वि.सं.२०८१ चैत २६ मंगलवार ०३:०८

काठमाडौँ । यो वर्षकै वहुप्रतिक्षित चलचित्र ‘पिताम्बर’को ट्रेलरलाई दर्शकले रुचाएका छन् । हाल फिल्मको ट्रेलर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ ।
यसअगाडि सलमान खानको सिकन्दरले दुई सातादेखि शीर्ष स्थान कब्जा गरेको थियो । तर, पिताम्बरको ट्रेलरले सिकन्दरलाई उछिन्दै रिलिजको ६ दिनमा शीर्ष स्थान ओगटेको हो ।
मल्टिस्टारर फिल्मको ट्रेलरले २१ लाख बढी भ्युज बटुलेको छ । ट्रेलरको सर्वत्र तारिफ भइरहेको छ ।
कृषा चौलगाईंको निर्देशनमा तयार भएको फिल्ममा प्रदीप र सौगातसहित दयाहाङ राई, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी लगायतको अभिनय छ ।
चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मका निर्माता विशाल चौलागाईं निर्माता, पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता तथा सुमन गौतम कार्यकारी निर्मातामा छन् ।
वि.सं.२०८१ चैत २६ मंगलवार ०३:०८








