कस्तो लाग्यो अर्पण थापाको ‘कल्ली’ लुक्स ?

1.88K shares

काठमाडौँ । लक्ष्मण सुनारको निर्देशनमा छायांकन भइरहेको चलचित्र ‘कल्ली’को सेटबाट अर्पण थापाको लुक्स सार्वजनिक गरिएको छ । हाल फिल्मको जुम्लामा छायांकन भइरहेको छ ।

अर्पणको लुक्सले दर्शकलाई कौतुहल बनाउने देखिन्छ । उनको भूमिकाबारे कुनै जानकारी दिइएको छैन । उनको फरक खालको लुक्स आकर्षक देखिएको छ ।

फिल्मलाई लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको व्यानरमा निर्माण गरिएको हो । फिल्ममा हिमाल कडरिया र अमलादेवी राइको लगानी छ । फिल्मको कार्यकारी निर्माता सरोज नेपाली हुन् ।

महेश दवाडीको लेखन रहेको फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी र बेगम नेपाली लगायतको अभिनय छ ।

 

1.88K shares