‘बाटुलो जुन’मा यस्तो देखियो अनमोल र प्रिन्सीको जोडि

1.68K shares

काठमाडौँ । भुवन केसीको निर्देशनमा बन्ने चलचित्र ‘बाटुलो जुन’को छायांकन सुरु भएको छ । निर्माण टिमले धादिङको काउलेबाट यो फिल्मको छायांकन सुरु गरेको हो ।

छायांकन सुरु भएसँगै निर्माण टिमले फिल्मका मुख्य कलाकार अनमोल केसी र प्रिन्सी खतिवडाको लुक्स सार्वजनिक गरेको छ । सार्वजनिक लुक्समा अनमोल दाह्री पालेर प्रिन्सीसँग केही हेरेर टोलाएको देख्न सकिन्छ । प्रेमिल पोस्टरमा यो जोडि देख्दा नायक भुवन केसी नायिका तृप्ति नाडकरको झल्को आउँछ आएको दर्शकहरुले कमेन्ट गरेका छन् ।

फिल्मको पहिलो चरणमा केही दिन मात्र फिल्मको छायांकन हुनेछ । बाँकी छायांकन भने भदौमा गर्ने तयारी निर्माणपक्षको छ ।

जीया केसीको लगानीमा बन्ने यो फिल्मको बजे २५ लाख बताइएको छ । फिल्मका अन्य कलाकारको बारेमा खुलाइएको छैन ।

 

1.68K shares