एक छाक मात्र खान्छिन् अभिनेत्री दिशा पटानी
वि.सं.२०८२ भदौ ३० सोमवार ०८:३४

मुम्बई । बलिउड अभिनेत्री दिशा पटानीमा आफ्नो फिटनेसको राज कडा मेहनत र खानपानमा कन्जुस्याइँ भएको बताइएकी छिन् । स्वास्थ्य सम्बन्धी मिडियासँगको कुराकानीमा उनले यस्तो बताएकी हुन् ।
पछिल्लो समय उनको घरमा भएको आक्रमणका कारण यी अभिनेत्री चर्चामा छिन् । उनी आफ्नो फिटनेस प्रति निकै गम्भीर छिन् । उनी प्रायः सामाजिक सञ्जालमा आफूले व्यायाम गरेका भिडियोहरू शेयर गर्छिन् ।
अभिनेत्री दिशा पटानीले दिनमा एक छाक मात्र खाना खान्छिन् । उनी साँझ परेपछि भने खाना खाँदिनन् । दिशाले चिनी, मैदाको सामग्रीसहित थुप्रै खानेकुरा नखाएको धेरै वर्ष भयो । उनी मिठाईबाट सधैँ टाढा रहन्छिन् । घरमा भएको खुसीयाली देखि चलचित्रको छायांकनमा मिठाई आउँदा पनि उनी वास्ता गर्दिनन् ।
आफूसधैँ स्वास्थ्य रहनको लागि अनुशासित जीवन हुनुपर्ने यी अभिनेत्रीले बताएकी छिन् । दिशाको भनाइमा उनी हरेक दिन बिहान दुई घण्टा जीमखानामा समय बिताउँछिन् । चलचित्र छायांकनको लागि सहर बाहिर जाँदा पनि उनी नजिकको जीमखानामा जाने गर्छिन् । कतै जीमखान छैन भने घरमै भए पनि नियमित कडा व्यायाम गर्ने उनको कथन छ । यी अभिनेत्रीले आफ्नो घरमै सानो जीमखाना बनाएकी छिन् ।
दिशासँग काम गर्ने अधिकांश कलाकारहरूले उनको एकनासे फूर्तिलो शारीरिक अवस्थाको ’दयगतमा प्रशंसा गर्दै आएका छन् ।
वि.सं.२०८२ भदौ ३० सोमवार ०८:३४












