प्रदीप खड्का र पल शाहको भिडन्त टर्यो
वि.सं.२०८१ असोज १ मंगलवार ०६:०३

काठमाडौँ । दिवाकर भट्टराईको ‘मायावी’को प्रदर्शन मिति सरेको छ । फिल्म कात्तिक १५ गते लक्ष्मिपुजाको अवसरमा रिलिज गर्ने निर्माण टिमले घोषणा गरेको थियो । मंगलबार सामाजिक संजालमा लेख्दै निर्देशक भट्टराइले फिल्म सरेको जानकारी दिएका हुन् । फिल्म अब पौष २६ गतेबाट प्रदर्शनमा आउनेछ ।
यस्तो भट्टराईले लेखेको स्ट्याटस
“दुवै चलचित्र लाई शुभकामना हाम्रो तर्फबाट मार्ग प्रसस्त गरेका छौ हाम्रो नयाँ चलचित्र नरसिंहा को चलचित्र को छायांकन र अन्य विविध कारण ले हाम्रो चलचित्र मायावी यहाँबाट पौष २६ मा पुगेका छौं सम्पूर्ण दर्शक शुभचिन्तक प्रति आभार ।
आफ्नो पैसा र मेहनतले चलचित्र बनाउने हो चलाउने हो अरूको रमिताको लागि हैन अरूको दुःख पीडामा रमाउने रोगी दुखी आत्मा हरुलाई समवेदना भन्नु भन्दा केही छैन ।
धन्यवाद ।”
कात्तिक १५ मा तीन फिल्मको भिडन्त हुने भएको थियो, ‘मायावी’, ‘एक्टर’, र ‘पूर्ण बहादुरको सारंगी’को । ‘मायावी’ सरेपछि अब दुई फिल्म मात्रै सोहि मितिमा प्रदर्शनमा आउने भएका छन् । ‘मायावी’मा पल शाह मुख्य भूमिकामा थिए । ‘एक्टर’मा प्रदीप खड्का मुख्य भूमिका छ । यता, ‘पुर्णबहादुरको सारंगी’मा बिजय बराल, प्रकाश सपुत, अन्जना बराइली लगायतका कलाकारको अभिनय रहेको छ ।
यस्तोमा ‘मायावी’ र ‘एक्टर’को भिडन्तलाई रोचक रुपमा हेरिएको थियो । पल र प्रदीपले गत जेठमा प्रदर्शन भएको ‘पूजार सार्की’मा एकसाथ काम गरेका थिए । दुवै कलाकारको युवापुस्तामाझ राम्रो क्रेज छ । यस्तोमा यी दुईको भिडन्त कस्तो होला भन्ने दर्शकमाझ चासो थियो । तत्काललाई यो भिडन्त टरेको छ ।
एक्टरको पोष्टरहरुमात्रै सार्वजनिक हुँदा पुर्णबहादुरको सारंगीको टिमले पोष्टर र गीत सार्वजनिक गरिसकेको छ । प्रचारमा एक्टर भन्दा अगाडि देखिएको छ पुर्णबहादुरको सारंगी ।
वि.सं.२०८१ असोज १ मंगलवार ०६:०३





