फिल्मका कार्यक्रमलाई चलचित्र विकास बोर्डले निःशुल्क हल दिने

1.83K shares

काठमाडौँ । चलचित्र विकास बोर्डले नेपाली फिल्मको प्रेस मिट, गीत रिलिज र ट्रेलर रिलिजका लागि आफ्नो हल निःशुल्क उपलब्ध गराउने भएको छ । कार्यक्रमका लागि बोर्डले एउटा फिल्मलाई २ घण्टा निःशुल्क हल उपलब्ध गराउने भएको हो ।

नवनियुक्त अध्यक्ष दिनेश डिसी आएपछि बोर्डले निःशुल्क हल दिने निर्णय गरेको हो । यो सँगै फिल्म प्रचारका कार्यक्रम गर्न सहज हुने भएको छ ।

1.83K shares