‘छक्कापञ्जा ५’ ले पाँच दिनमै कमायो ८ करोड
वि.सं.२०८१ असोज २९ मंगलवार ०७:२२
2.15K
shares

काठमाडौँ । दसैँको अवसरमा प्रदर्शनमा आएको चलचित्र ‘छक्कापञ्जा ५’ ले बक्सअफिसमा दमदार कलेक्सन गरिरहेको छ । फिल्म हेर्न दर्शकको उच्च चाप रहँदा फिल्मको कलेक्सनमा पनि त्यसको असर देखिएको छ ।
फिल्मले प्रदर्शनको पाँच दिनमै ८ करोड बढीको ग्रस कलेक्सन गरेको दावि गरिएको छ । हाल फिल्मले पाएका अधिकांश शो हरु हाउसफुल देखिएका छन् । हलमा फिल्मको दबदबा देखिँदा विदेशमा पनि फिल्मले राम्रो व्यापार गरेको बताइएको छ । फिल्मले अमेरिका, अष्ट्रलियालगायतका देशहरुमा राम्रो कलेक्सन गरेको जनाइएको छ ।
दीपाश्री निरौलाले निर्देशन गरेको फिल्म ‘छक्कापञ्जा ५’मा दिपकराज गिरी, केदार घिमिरे ‘माग्ने बुढा’, वर्षा सिवाकोटीलगायतको मुख्य भूमिका छ ।
वि.सं.२०८१ असोज २९ मंगलवार ०७:२२
2.15K
shares





