अब म राजनीतिमा लागें : थलापति विजय

1.67K shares

काठमाडौं । दक्षिण भारतीय अभिनेता थलापति विजयले फिल्म उद्योग छाडेको घोषणा केहि समयअगाडि गरेका थिए । उनको अन्तिम फिल्मको रुपमा थलापति ६९ आउने जनाइएको थियो ।

उनि फिल्म छाडेर राजनीतिमा जाने बताएका थिए । यस्तोमा उनलेआइतबार बेलुका र्‍यालीलाई सम्बोधन गर्दै फिल्म करिअर उत्कर्षमा पुगेको बेला राजनीतिमा सहभागी हुने घोषणा गर्नुपर्नाको कारणबारे बताए । राजनीतिमा आफूलाई पूर्णरूपमा समर्पित गर्नुअघि उनले आफ्ना पछिल्ला केही फिल्मको सुटिङ गरिरहेको हल्ला थियो । तर उनले राजनीतिक करिअरका लागि फिल्म क्षेत्र छाडेको पुष्टि गरेका छन् ।

फ्यानसँग कुरा गर्दै उनले, ‘मैले करिअरको शिखरमा आइपुगेर फिल्मलाई लात हानें र आफ्नो पारिश्रमिकलाई पनि लात मारें । म यहाँहरु सबैको विश्वास लिएर तपाईंको विजयको रुपमा आएको हुँ ।’

विजयले आगामी फिल्म ‘थलापति ६९’ को लागि २७५ करोड भारु पारिश्रमिक लिएको चर्चा चलेको थियो । उक्त रकम भारतीय अभिनेताले लिएको पहिलो हो । उनि सर्वाधिक महँगा अभिनेता बनेको थिए । विजय तीन दशकभन्दा बढी समयदेखि फिल्म उद्योगमा सक्रिय छन् । पछिल्लो पटक उनको ‘गोट’ प्रर्दशनमा आएको थियो ।

1.67K shares