‘लाज शरणम्’को अर्थपुर्ण फर्स्टलुक

1.58K shares

काठमाडौँ । चर्चित हास्य सिरियल ‘सक्किगोनि’को समूहले निर्माण गरेको चलचित्र ‘लाज शरणम्’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले बुधबार तीनवटा पोस्टर सार्वजनि गरेको हो ।

निर्माण टिमले सार्वजनिक गरेको पोस्टरले फिल्मको परिवेश बुझाएको छ । बैदेशिक रोजगारीको बाध्यता र त्यसले निम्त्याउने असरलाई पोस्टरमा चित्रित गरेको अनुमान गर्न सकिन्छ ।

सार्वजनिक एक पोस्टरमा कफिनबाट अर्जुन घिमिरे, हरिस निरौला, विजय बराल र सागर लम्साल विभिन्न भावमा देखिएका छन् । अर्को पोस्टरमा पोस्टरमा सुनको विस्कुट र यार्सा जोखिएको तराजु लिएर एक पात्र अर्धनग्न अवस्थामा कफिनमाथि उभिएका छन् । तेस्रो पोस्टरमा भने अनुहार खरानीले पोतेको, शिरमा कालो फेटा बाँधेको, लट्टा परेको लामो कपाल, सेतै फुलेको लामो दाह्री, घाँटीमा रुद्राक्षको माला लगाएर शिवको अवतारमा देखिएका हरिसको ढाडमा चढेर विजयले हड्डीको शंख फुकिरहेको देखिन्छ । स

आगामी फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् । फिल्ममा मुकुन्द श्रेष्ठ, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, कमलमणि नेपाल, माला लिम्बू लगायतका कलाकारको अभिनय छ ।

1.58K shares