‘के घर के डेरा २’ को टिजरमा प्रेम, वियोग
वि.सं.२०८१ चैत ३१ आइतवार ०८:०८

काठमाडौँ । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा : नं २’ को टिजर सार्वजनिक गरिएको छ । फिल्मका मुख्य कलाकार राखेर टिजर सार्वजनिक गरिएको हो ।
टिजरमा आम नेपालीले भोग्ने समस्यालाई समेटिएको छ । टिजरमा प्रेम, वियोग र मानसिक यातनालाई स्थान दिइएको छ ।
बुद्धिसागरको कथा रहेको फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ ।
फिल्म जेठ २ बाट सार्वजनिक रिलिज हुँदैछ । फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।
कृष्णबहादुर थापाको छायांकन रहेको फिल्मका निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन हुन् । फिल्मको कार्यकारी निर्माता युवराज कार्की रहेका छन् ।
वि.सं.२०८१ चैत ३१ आइतवार ०८:०८







