हलमा हरिवंशको ‘भूठान’ र सुरक्षाको ‘खेल’
वि.सं.२०८२ वैशाख १२ शुक्रवार ०४:३७

काठमाडौँ । फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । शुक्रबारबाट हरिवंश आचार्य अभिनीत ‘भूठान’ र सुरक्षा पन्त अभिनीत ‘खेल’ प्रदर्शनमा आएका हुन् ।
विनोद पौडेलको लेखन तथा निर्देशन रहेको ‘भूठान’मा हरिवंशसहित अदिति प्याकुरेल, दयाहाङ राई, जोएस पाण्डे, ऋचा घिमिरे, पूजा चन्द, अनुराधा मजुमदार, विमल सुवेदी, टक क्रेन र हलिउड अभिनेता ब्रुस डर्नको समेत अभिनय छ।
भुटानी शरणार्थीहरूको कथामा बनेको फिल्मको निर्मातामा अविरल थापा, राजेन्द्र ठकुराठी, अमिताभ जोशी, सुशांक मैनाली, किर्तना बाँस्कोटा र विनोद पौडेल छन्।
यता, ‘खेल’लाई अनुराग प्रधान र आस्था श्रेष्ठले निर्देशन गरेका हुन्। मिथिकल सस्पेन्स थ्रिलर जनराको फिल्ममा सुरक्षा पन्तसँगै हेना नगरकोटी, मोनिका थापा, निकिता आचार्य, समापिका गौतमलगायतको अभिनय छ।
वि.सं.२०८२ वैशाख १२ शुक्रवार ०४:३७





