कृषाको ‘जहाजैमा’ सौगात मल्ल अनुबन्धित

1.94K shares

काठमाडौँ । निर्देशक कृषा चौलागाईँको आगामि प्रोजेक्ट ‘जहाजैमा’ लाई लिएर चर्चा भइरहेको छ । फिल्मका अनुबन्धित कलाकारलाई लिएर चर्चा भएको हो ।

फिल्ममा केदार घिमिरे र जापानीज अभिनेत्री रुजेल इचिमिया अनुबन्धित भइसकेका छन् । यस्तोमा अभिनेता सौगात मल्लले पनि फिल्ममा काम गर्ने पक्का भएको छ । निर्माण टिमले सौगातसँग कागजी सम्झौता समेत गरिसकेको छ । कृषा र सौगातले यसअगाडि पिताम्बरमा सहकार्य गरेका थिए । फिल्ममा अझै केही स्टार कलाकारहरु रहने जनाइएको छ ।

फिल्ममा पुरुषोत्तम प्रधानको डीओपी रहनेछ । यूएनए प्रोडक्सनको ब्यानरमा उज्ज्वल गुराँगाइले निर्माण गर्ने यो फिल्मलाई नेपाल, जापान र फिलिपिन्समा खिचिनेछ ।

1.94K shares