‘महानायक’ र ‘मेगास्टार’को फिल्म ‘अल टाइम ब्लकबस्टर’मा अटेन

1.99K shares

काठमाडौँ । चलचित्र विकास बोर्डले २५ औँ वार्षिक उत्सवको अवसरमा सर्वाधिक व्यापार गर्ने २५ फिल्मलाई सम्मान गरेको छ । बोर्डले सम्मान गरेको फिल्मको सूचिमा चर्चित कलाकारको फिल्म अटेन ।

नेपाली चलचित्र क्षेत्रमा महानायकको उपाधि पाएका राजेश हमालको फिल्म उक्त सूचिमा अट्न सकेन । त्यस्तै, पछिल्लो पुस्ताका अभिनेता अनमोल केसीलाई कतिपयले मेघास्टार भनेर सम्बोधन गर्ने गर्छन, उनको फिल्म पनि उक्त सूचिमा अट्न सकेन ।

बोर्डले सार्वजनिक गरेको सूचीमा सर्बाधिक कमाई गर्ने फिल्ममा पशुपति प्रसाद २, कबड्डी, महापुरुष, पुजार सार्की, कबड्डी कबड्डी कबड्डी, प्रेम गीत ३, परदेशी २, अञ्जिला, दिमाग खराब, छ माया छपक्कै, बोक्सीको घर, कबड्डी कबड्डी, ऊनको स्विटर, शत्रु गते, छक्का पन्जा २, कोहिनुर, छक्का पन्जा ५, महाजात्रा, छक्का पन्जा, जारी, छक्का पन्जा ४, १२ गाउँ, कबड्डी ४, पूर्णबहादुरको सारङ्गी रहेको छ ।

1.99K shares