अश्लील भएको भन्दै शान्तिश्रीकोसहित ३ लोकगीतविरुद्ध साइबर ब्युरोमा उजुरी

1.59K shares

काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा विकृति फैलिएको भन्दै राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले तीन ओटा गीत विरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता गराएको छ । आइतबार संस्थाका अध्यक्ष चन्द्रमणि गौतम र सचिव कमल सरगम लगायतको टोलीले ब्युरोको कार्यालय पुगेर उजुरी दिएको हो ।

संस्थाले आफ्नो उजुरीमा पछिल्लो समय युट्युब, टिकटक जस्ता सामाजिक सञ्जालमा सार्वजनिक भएका केही गीतहरू अत्यन्तै अमर्यादित, अश्लील, द्विअर्थी र सांस्कृतिक मर्यादाविपरीत रहेको उल्लेख गरेको छ । उजुरीमा पहिलो गीत ‘गाई कालो’ बोलको गीत रहेको छ । यसमा धुर्व पुन र चन्द्र कुमारी शाहीको स्वर रहेको छ । त्यस्तै दोस्रोमा छ ‘सल्ला दमारमा’ । यसमा राजकुमार वली, अस्मिता थापा र लक्ष्मी थापाको स्वरमा रहेको छ । त्यस्तै अर्को गीत हो ‘लुकी लुकी’ । यसमा रामजी खाँण र शान्तिश्री परियारको स्वरमा रहेको छ ।

1.59K shares