मिलनको ‘सुम्निमा’मा अनुप विक्रम अनुवन्धित

1.51K shares

काठमाडौँ । निर्देशक मिलन चाम्सको अगामी चलचित्र ‘सुम्निमा’ मा अभिनेता अनुप विक्रम शाही अनुबन्धित भएका छन् । फिल्मका लागि मिलन र अनुपले कागजी सम्झौता समेत गरिसकेका छन् । यी दुईले यसअघि उनीहरुले ‘हँसिया, वीर विक्रम र लिलिबिली’मा सहकार्य गरेका थिए ।

फिल्मको छायांकन नेपाल र युकेमा हुने जनाइएको छ । फिल्मको छायांकन केही सातामै सुरु हुँदैछ । फिल्मको शीर्ष भूमिकामा नायिका उपासना सिंह ठकुरी अनुबन्धित भइसकेकी छन् । फिल्ममा केहि दिन अगाडि कुन्साङ बमजम पनि अनुबन्धित भएका छन् ।

फिल्मलाई गोर्खा फिल्मस् र चाम्स इन्टरटेन्मेन्टले निर्माण गर्दैछ । फिल्ममा राजीव थापाको लेखन रहनेछ ।

1.51K shares