‘अभिमन्यु’ को ‘माली’ गीत सार्वजनिक

1.9K shares

काठमाडौं । सुशान्त गौतमको डेब्यू निर्देशनमा बनेको फिल्म ‘अभिमन्यु च्याप्टर–१’ को गीत ‘माली’ सार्वजनिक गरिएको छ । प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वरमा तयार भएको गीतमा दाजु–बहिनीबीचको निश्चल सम्बन्ध र माया प्रस्तुत गरिएको छ ।

फिल्म भदौ २७ गते नेपाली संस्करणमा र असोज ६ गते (सेप्टेम्बर २२) मा हिन्दी संस्करण वर्ल्डवाइड रिलिज हुने निर्माण पक्षले जनाएको छ । फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला मुख्य भूमिकामा छन् ।

फिल्ममा मुकेश खनालको लेखन, मदन थापा क्रियटिभ निर्देशक रहेका छन् । फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । सह–निर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ, कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन् ।

 

1.9K shares