‘अभिमन्यु’को ‘लड्की गोरी’ गीत सार्वजनिक

1.94K shares

काठमाडौँ । फिल्म ‘अभिमन्यु’को नयाँ गीत ‘लड्की गोरी’ सार्वजनिक भएको छ । भोजपुरी शैलीमा तयार पारिएको गीत दर्शकले रुचाउने देखिन्छ ।

गीतमा शब्द, संगीत र स्वर प्रशान्त सिवाकोटी र प्रेरणा सिंहको रहेको छ । गीत भोजपुरी लवजमा भए पनि भाषा नेपाली नै प्रयोग गरिएको छ । रोहन विश्वकर्माको कोरियोग्राफीमा भिडियोमा जुना सुन्दास र किरण श्रेष्ठले आकर्षक नृत्य गरेका छन् ।

नेपाली र हिन्दी भाषामा बनेको फिल्ममा लक्ष्मी बर्देवा, कामेश्वर चौरासिया, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल, सुष्मा निरौला लगायतको अभिनय रहेको छ । सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् ।

सुशान्त गौतमको निर्देशन रहेको फिल्म आगामी भदौ २७ गते नेपालमा प्रदर्शन आउनेछ भने हिन्दी भर्सन असोज ६ गते प्रदर्शन हुँदैछ ।

 

 

1.94K shares