बलिउड अभिनेत्री समिता सेट्ठी काठमाडौंमा
वि.सं.२०८२ भदौ ९ सोमवार १२:१५
2.21K
shares

काठमाडौं । बलिउड अभिनेत्री समिता सेट्ठी आइतबार काठमाडौं आइपुगेकी छन् । उनले आफु बसेको होटल सोल्टीबाट इन्स्टाग्राम स्टोरी शेयर गर्दै नेपाल आएका जानकारी दिएकी हुन् ।
समिता चर्चित बलिउड अभिनेत्री शिल्पा सेट्टीकी बहिनी हुन् । गत साता दुई बहिनी नेटफ्ल्क्सिमा स्ट्रिमिङ भएको ‘द ग्रेट इन्डियन कपिल शो’मा दिदीसँगै देखिएकी थिइन् ।
उनले फिल्म ‘मोहब्बतेँ’, ‘बेवफा’, ‘जहर’ र ‘क्याँस’मा काम गरेकी छिन् । फिल्मबाहेक उनी बिगबोसको सन् २००९ र सन् २०२१ को सिजनसहित झलक दिखालाजा र खतरोंके खिलाडीजस्ता चर्चित भारतीय रियालिटी शोमा पनि देखिएकी छन् ।
वि.सं.२०८२ भदौ ९ सोमवार १२:१५
2.21K
shares







