दोलाखामा अनिश्चितकालीन निषेधाज्ञा जारी
वि.सं.२०८२ भदौ २५ बुधवार ०४:५६
1.44K
shares

दोलखा । जिल्लाको शान्ति सुरक्षा कायम राख्न भन्दै दोलखा जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। बुधबार बिहान ९ बजेदेखि लागू हुने गरी जारी गरिएको यो आदेश अर्को सूचना नआएसम्म कायम रहनेछ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार, काठमाडौं उपत्यका र देशका अन्य भागमा भएका प्रदर्शनपछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै जिल्लाको शान्ति सुरक्षा सुदृढ बनाउनका लागि स्थानीय प्रशासन ऐन, २०२८ अनुसार निषेधाज्ञा जारी गरिएको हो।
जारी आदेशमा जिल्लाभर कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न पूर्ण रूपमा रोक लगाइएको छ। आदेशको उल्लङ्घन गर्ने वा पालना गर्न बाधा पुऱ्याउने व्यक्तिलाई कानुनबमोजिम कारबाही गरिने पनि प्रशासनले चेतावनी दिएको छ।
वि.सं.२०८२ भदौ २५ बुधवार ०४:५६
1.44K
shares








