एमाले दोलखाले टुंगो लगायो स्थानीय तहको उम्मेदवार

1.81K shares

दोलखा । नेकपा एमाले दोलखाले स्थानीय तहको निर्वाचन २०७९ का लागि उम्मेदवारको टुंगो लगाएको छ । पार्टीको जिल्ला कमिटीको बुधबार बसेको बैठकले उम्मेदवार टुंगो लगाएको हो । भिमेश्वोर नगरपालिकाको प्रमुखमा भरत के सि, उपप्रमुखमा कमला बस्नेत, जिरी नगरको प्रमुखमा मित्र जिरेल, उपप्रमुखमा कृष्णमाया बुढाथोकी, गौरीशंकर प्रमुख जंग गुरुङ उप प्रमुख मुना सिवाकोटी, बैतेश्वोरको प्रमुखमा माधब प्रसाद घिमिरे, उपप्रमुखमा नबिना लामा उम्मेदवार हुने भएका छन । त्यस्तै, कालिन्चोकमा प्रमुख गणेश शिवाकोटी, उप प्रमुखमा कविता थामी, बिगुको प्रमुखमा अछुतम केसि, उप प्रमुखमा देबिका थामी, तामाकोसीको प्रमुखमा अभिषेक सुवेदी, उप प्रमुखमा अम्बिका पोखरेल र शैलुङ्को प्रमुखमा धन बहादुर तामाङ, उपप्रमुखमा पार्बती कार्की उम्मेदवार हुने भएका छन ।

1.81K shares