इलाममा सम्मानित नेता खनालको लज्जास्पद हार
वि.सं.२०७९ मंसिर ११ आइतवार १३:१२
1.4K
shares

काठमाडौँ । इलाम १ बाट नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल पराजित भएका छन् । खनाललाई नेकपा एमालेका महेश बस्नेतले पराजित गरेका हुन् ।
बस्नेतले २४ हजार ३०४ मत प्राप्त गरे भने खनालले २१ हजार ८०२ मत ल्याए।
६ पटकसम्म चुनाव जितेर सांसद, पटकपटक मन्त्री र प्रधानमन्त्रीसमेत भएका खनाललाई उनकै कार्यकता बस्नेतले हराएका हुन् ।
वि.सं.२०७९ मंसिर ११ आइतवार १३:१२
1.4K
shares








