मधुसुदनको फिल्ममा आर्यन
वि.सं.२०७९ पुस २० बुधवार १०:३७
1.51K
shares

काठमाडौँ । अभिनेता आर्यन सिग्देलले मधुसुदन भट्टराईले निर्देशन गर्ने नयाँ चलचित्रमा काम गर्ने भएका छन् । उनले निर्माण टिमसँग सम्झौता गरिसकेका छन् । तर, फिल्मको नाम भने जुराइएको छैन ।
अहिले सिग्देल अभिनित ‘डिसेम्बर फल्स’ हलमा चलिरहेको छ । लामो समयपछि ठुलो पर्दामा कमब्याक गरेपनि उनले सफलता पाउन सकेनन् । यसैबिचमा उनि नयाँ चलचित्रमा अनुबन्धित भएका हुन् ।
भट्टराईले निर्देशन गर्ने फिल्म ग्रामीण कथावस्तुमा आधारित रहने जनाइएको छ । फिल्मको पटकथा तथा संवाद लक्ष्मण सुवेदीले लेखेका छन् ।
निर्माण टिमले आजै अभिनेता मुकुन भुषाललाई पनि अनुबन्धित गरेको छ । भुषालको पनि फिल्ममा मुख्य भुमिका रहने जनाइएको छ ।
वि.सं.२०७९ पुस २० बुधवार १०:३७
1.51K
shares





