युएईले दियो नेपाललाई सामान्य रनको लक्ष्य

1.62K shares

काठमाडौँ । काठमाडौँमा जारी एसीसी मेन्स प्रिमियर कपको फाइनलमा युएईले नेपाललाई सामान्य रनको लक्ष्य दिएको छ । युएईले ३३.१ ओभरमा १० विकेट गुमाउदै ११७ रन बनाएको हो ।

युएईको लागि आसिफ खानले ५४ रन, आर्यान लाक्राले २३, वसिल हमिदले १० रन, कप्तान तथा ओपनर मुहम्मद वासिमले ११ रनको योगदान दिए ।

नेपालका लागि ललितनारायण राववंशीले ४ विकेट करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए । त्यस्तै, गुलसन झा र सोमपाल कामीले समान १–१ विकेट लिए ।

1.62K shares