नेपालले उचाल्यो एसीसी प्रिमियर कपको उपाधि
वि.सं.२०८० वैशाख १९ मंगलवार ०६:०९
1.39K
shares

काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपको उपाधि नेपालले उचालेको छ । आज भएको खेलमा युएईलाई ७ विकेटले हराउँदै उपाधि जितेको हो ।
युएईले दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको हो । नेपालका लागि गुल्सान झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे ।
यो जितसँगै नेपालले एसिया कपमा स्थान बनाएको छ ।
वि.सं.२०८० वैशाख १९ मंगलवार ०६:०९
1.39K
shares





