‘ज्वाइँ साब’ निर्माण हुने

1.95K shares

काठमाडौँ । नेपाली चलचित्र ‘ज्वाइँ साब’ निर्माण हुने भएको छ । रेड आई फिल्मसले निर्माण गर्ने चलचित्रको सोमबार हलेसी मन्दिरमा पूजा गर्दै निर्माण घोषणा गरिएको हो ।

फिल्मको निर्देशन बसन्त निरौलाले गर्ने भएका छ । फिल्मको छायांकन केहि महिनामै नेपाल, क्यानडा र अष्ट्रेलियामा हुने जनाइएको छ ।

सविन अधिकारीको कथा रहेको फिल्मका लागि कलाकारको छनौट भइरहेको निर्माण टिमले जनाएको छ ।

1.95K shares