‘आदिपुरुष’को संवाद भारतमा नहटाइए कुनै पनि हिन्दि फिल्म चल्न नदिने महानगरको चेतावनी

1.69K shares

काठमाडौँ । हिन्दि फिल्म आदिपुरुषमा जानकी भारतीय छोरी हुन् भन्ने संवाद राखेपछि विवादमा तानीएको छ । फिल्मको उक्त संवाद नहटाइए कुनै पनि हिन्दि फिल्म काठमाडौँ महानगरभित्र प्रदर्शन गर्न नदिने महानगरका मेयर बालेन शाहले बताएका छन् । उनले उक्त संवाद हटाउन ३ दिनको समय दिएका छन् ।

बालेनको उक्त अभिव्यक्तिपछि नेपालमा उक्त संवाद काटेर फिल्म प्रदर्शन गरिने निर्णय भयो । तर, बालेनले भारतमा समेत संवाद काट्नुपर्ने बताएपछि परिस्थितिले अर्कै मोड लिएको छ । बालेनको उक्त बोल्ड निर्णयपछि उनलाई कतिले समर्थन गरेका छन् त कतिले उनको यो निर्णयले समस्या ल्याउने बताएका छन् ।

बालेनले भनेका छन् – “दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ ।  माता सीताको जय होस ।”

1.69K shares