नेकपा (एकीकृत समाजवादी) ले बनायो दोलखाको सबै स्थानीय तहमा सम्पर्क मञ्च (सूचीसहित)

1.49K shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) दोलखाले सबै स्थानीय तहमा सम्पर्क मञ्च गठन गरेको छ । शनिबार कोटेश्वरको गौरिशंकर पार्टी प्यालेसमा ७ ओटा गाउँपालिका र २ नगरपालिकाको सम्पर्क मञ्च गठन गरेको हो ।

पार्टीको सांगठनिक संरचना निर्माण तिव्र बनाएको समाजवादीले दोलखामा जिल्ला कमिटिलाई पुर्णता दिएपछि काठमाडौँको संगठन निर्माण गरेको हो । पार्टीको सम्पर्क मञ्चले दोलखाबाट आएर काठमाडौँमा बसोबास गर्ने दोलखालिलाई भुगोलसँग जोड्ने काम गर्दछ ।

शनिबार भएको भेलाले तामाकोशीमा बासुदेब पोखरेलको नेतृत्वमा २९ सदस्य, मेलुङमा बासु भण्डारीको नेतृत्वमा २१ सदस्य, बैत्यश्वरमा मेघराज घिमिरेको नेतृत्वमा ३१ सदस्य, कालिन्चोकमा रमेश भण्डारीको नेतृत्वमा १३ सदस्य, बिगुमा भानुभक्त आचार्यको नेतृत्वमा १५ सदस्य, गौरीशंकरमा दिलिप खड्काको नेतृत्वमा २१ सदस्य र शैलुङमा शागर श्रेष्ठको नेतृत्वमा ३१ सदस्य पालिका स्तरीय सम्पर्क मञ्च गठन गरेको छ ।

त्यस्तै, नगरतर्फ भीमेश्वरमा कृष्ण बस्नेतको नेतृत्वमा ३१ सदस्य तथा जिरीमा राजु थापाको नेतृत्वमा २१ सदस्यीय सम्पर्क मञ्च गठन गरेको छ ।

कार्यक्रममा जनगायक जीवन शर्मालाई सम्मान गरिएको थियो भने प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रशिक्षणात्मक भनाई राखेका थिए ।

1.49K shares